टी२० विश्वकपका लागि न्युजिल्याण्डको टोली घोषणा
२६ साउन, काठमाडौं । आगामी अक्टोबर-नोभेम्बरमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि न्युजिल्याण्डको टोद्यी घोषणा भएको छ । केन विलियम्सनको कप्तानीमा न्युजिल्याण्डले १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
न्युजिल्याण्डले घोषणा गरेको टिममा अनुभवी खेलाडी रोस टेलर, कोलिन डी ग्राण्डहोम लगायत खेलाडी छैनन् । मार्क च्यापम्यान र टोड अस्टेल विश्वकप खेल्ने टिममा अटाएका छन् । यस्तै इन्जुरी कभरको रुपमा एडम मिल्नेलाई पनि टिममा राखिएको छ ।
न्युजिल्याण्ड समूह २ मा छ । यस समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् । यस्तै पहिलो चरणबाट छानिएका दुई टिम पनि यस समूहमा रहनेछन् ।
टी-२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा संयुक्तरुपमा आयोजना हुनेछ ।
शुरुमा भारतमा गर्ने भनिएपनि कोभिड१९ को कारण विश्वकपको आयोजना स्थल सारिएको हो । आयोजक भने भारत नै हुनेछ ।
न्युजिल्याण्डको टोली
केन विलियम्सन (कप्तान), टोड एस्टल, ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभोन कोनवे, लकी फर्गुसन, मार्टिन गप्टिल, केल जेमिसन, डायल मिचेल, जिम्मी निसाम, ग्लेन फिलिपिस, मिचेल सान्टनर, टिम साइफर्ट (विकेटकिपर), इश सोधी, टिम साउथी, एडम मिल्ने (इन्जुरी कभर)
from Online Khabar https://ift.tt/2XeXeOL
via IFTTT

No comments