एचआईडिसीएलको हकप्रदन भर्ने म्याद थपियो
२५ साउन, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) को हकप्रद सेयरका लागि आवेदन दिने समय थप भएको छ । गत ५ साउनदेखि यस कम्पनीको हकप्रद सेयरमा आवेदन खुला भएको थियो ।
निर्धारित समयमा आईपीओका लागि पर्याप्त आवेदन नपरेपछि समय थप गरिएको हो । हकप्रद निष्काशनका लागि कम्पनीले जेठ २८ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । आगामी २५ साउनसम्म कम्पनीको हकप्रदका लागि आवेदन दिन पाइने भनिएकोमा अब भदौ ८ गतेसम्म आवेदन दिन पाइनेछ ।
एचआईडीसीएलका सेयरधनीहरुले १ बराबर एक कित्ताका दरले आवेदन दिन पाउँनेछन् । एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता खुला भएको हकप्रदका लागि जेठ २७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँनेछन् ।
from Online Khabar https://ift.tt/3AsbqC7
via IFTTT

No comments