उत्तराखण्डमा फेरि फुट्यो हिमताल, सतर्क रहन सरकारको आग्रह
११ वैशाख, काठमाडौं । भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ । भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको हो ।
सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले पूरा जानकारी लिन कठिन भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले शनिबार साँझसम्ममा पूरा विवरण आउनसक्ने बताएका छन् । सो क्षेत्रमा आवादी कम भएकाले धेरै क्षति नभएको अनुमान गरिएको छ ।
भारत चीन सीमा के पास ग्लेशियर टूटने की सूचना के संबंध में जानकरी जुटाई जा रही है। खराब मौसम के कारण दूरभाष से संपर्क नही हो पा रहा है। स्थिति का जायज़ा लेने के लिए टीमों को भेजा गया है। आधिकारिक पुष्टि होने तक धैर्य व संयम बनाये रखें व अफवाह फैलाने से बचें।#Uttarakhand #Chamoli pic.twitter.com/niHV4Dy6lz
— Uttarakhand Police (@uttarakhandcops) April 23, 2021
बोर्डर रोड अर्गनाइजेसनका कमाण्डर कर्णेल मनिष कपिलले यो क्षेत्रमा भारतले सडक निर्माणको काम जारी राखेको र सो क्षेत्रमा अहिलेसम्म कोही पनि हताहत नभएको बताएका छन् । जोशीमठ–मलारी सडकखण्ड भने हिउँले ढाकिएको छ । त्यसैले केही व्यक्तिहरू फसेको हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् ।
उत्तराखण्डका मुख्यमन्त्री तिरथ सिंह रावतले हिमताल फुटेकाले सतर्क रहन सूचना जारी गरेका छन् ।
यसअघि उत्तराखण्डमै हिमताल फुटेर अलनन्दा नदीमा आएको बाढीमा परी ५० जनाको मृत्यु भएको थियो केही बेपत्ता छन् । यो घटनामा केही नेपाली मजदुरहरु पनि परेका छन् ।
भारतमा १० हजारभन्दा धेरै हिमताल रहेको बताइन्छ जसमध्ये उत्तराखण्डमा मात्र करिब १५ सय हिमताल छन् ।
from Online Khabar https://ift.tt/2RZMVLT
via IFTTT

No comments