भर्खरैको न्युज्

रियल मड्रिड बराबरीमा रोकियो

१२ वैशाख, काठमाडौं । स्पिनस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा रियलले घरेलु मैदानमै बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीपछि रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्ने अवसर गुमायो । यस बराबरीले एट्लेटिकोसँगै तेस्रो स्थानको बार्सिलोनालाई पनि फाइदा पुगेको छ ।

३३ खेलबाट रियलको ७१ अंक छ । एक खेल कम खेलेको एट्लेटिको ७३ अंकसहित शीर्ष स्थानमा छ ।

३१ खेलमात्र खेलेको बार्सिलोना ६८ अंकसहित तेस्रो स्थानमा छ ।

रियल बेटिस ३३ खेलबाट ५० अंकसहित छैटौं स्थानमा छ ।



from Online Khabar https://ift.tt/3tRpLW7
via IFTTT

No comments