सुनको मूल्य तोलामा ९९ हजार पुग्यो
१५ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ ।
यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ ।
चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।
from Online Khabar https://ift.tt/2X96kK4
via IFTTT

No comments